निलगिरी बोर्डिङको छतबाट छात्राले किन हाम फालिन् ?
पाेखरा | जेठ २८, २०८०
पोखरा: पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्राले स्कुलको चारतला माथिबाट हामफाल्दा घाइते भएकी छिन ।
पोखराको ८ बगालेटोल बस्दै आएकी भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय छात्रा निलमले हामफालेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।
जिप्रका कास्कीकाअनुसार आज बिहानी कक्षा लिन स्कुल पुगेकी निलमले करिब ५:५५ बजे हामफालेकी हुन् । उनको मणिापाल अस्पतालमा उपचार भइरहेको छ ।
कास्की प्रहरी सुत्रका अनुसार शाहले स्कुलमा केही दिन अगाडि पनि हामफाल्ने कोशिस गरेको र स्कुलले सम्बन्धित अभिभावकलाई जानकारी गराएको बताइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
स्कुलले भने निलम झुक्किएर खसेको जनाएको छ ।
(छात्राको वास्तविक नाम गोप्य राखिएको छ ।)
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

